कोहलपुर, साउन ४
इलाका प्रशासन कार्यालय बाँसगढीबाट अहिले सम्म साढे ३ सय बढीले सेवा लिएका छन् । त्यस्तै ५ जनाले गुनासो सहित निबेदन दिएका छन् ।गत जेठ २६ गते गृहमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेको कार्यालयबाट जेठ महिनामा ५३ र असार महिनामा ३ सय २९ जनाको नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानी, विभिन्न सिफारिस गरी जम्मा ३ सय ८२ जनाले कार्यालयबाट सेवा पाएका छन् । कार्यालयबाट जेठमा ४८ र असारमा २ सय २१ गरी २ सय ६९ जनाले नयाँ नागरिकता पाएका छन् । त्यस्तै नागरिकताको प्रतिलिपि जेठमा २ जना र असारमा २९ जना, अनलाइनबाट राहादानी ३ जना, राहादानी द्रुत सेवा असारमा महिला ४ जना, १२ जना पुरुष गरी १६ जना र जिल्लाबाट २ महिला र १० पुरुष गरी १२ जनाले राहादानी पाएका छन् । कार्यालयबाट असार महिनामा ४ जनाको नाबालक परिचय पत्र, दलित, जनजाती, महिला र अन्यको गरी ४५ र जेठमा २ जनाको गरि ५० जनाको प्रमाणित गरेको छ । कार्यालयबाट असार महिनामा ६० हजार राजस्व संकलन गरेको कार्यालय प्रमुख श्यामजंग शाहीले बताए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन ४, २०७३