24 September 2023  |   सोमवार, अशोज ८, २०८०

कोहलपुरका सदस्य निलम्बनको विरोध

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार ३१, २०७३  

कोहलपुर, असार ३१
नेपालगन्ज उद्योग बाणिज्य संघले कोहलपुर क्षेत्रका सदस्यहरु निलम्बन गरेको बिरोधमा नेपाल उद्योग बाणिज्य संघ बाँके आन्दोलित भएको छ । संघले बिहीवार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि अध्यक्षको असहमतका बाबजुद् पनि बहुमत कार्यसमितीको दम्भमा कोहलपुर क्षेत्रका सदस्यहरु निलम्बलन गरेको बिरुद्धमा कडा प्रतिबाद गर्ने जनाएको हो ।  पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग बाणिज्य संघ बाँकेका अध्यक्ष भाष्कर काफ्लेले सिंगो बाँके जिल्लाको प्रतिनिधित्व गर्ने नेपालगन्ज उद्योग बाणिज्य संघमा आबद्ध भएका कोहलपुरका ब्यवसायीहरुलाई गुटको चलखेल र निर्वाचनलाई प्रताडित गर्ने ढंगले गरेको सदस्यता निलम्बनका बिरुद्ध आन्दोलीत हुने चेतावनी दिए । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष काफलेले कसैलाई चुनाब जिताउन र चुनाव हराउनका लागि गरिएको निर्णयका बिरुद्ध आफुहरु एक भएर निर्णय सच्चाउन लगाइने बताए ।
नेपालगन्ज उद्योग बाणिज्य संघले आगामी भदौ ११ गतेका दिन निर्वाचनको मिति तय गरिसकेको अवस्थामा नेपाल उद्योग बाणिज्य संघले सदस्यता निलम्बनको बिरुद्धका कार्यक्रमहरु सार्वजनीक गरेपछी आसन्न निर्वाचन प्रभावित हुने सम्भावना देखिएको छ । बहुमतको निर्णयले निलम्बनमा परेका सदस्यहरुले समेत आफुहरुको अपमान भएको भन्दै पुनराबेदन अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

प्रकाशित मितिः शुक्रबार, असार ३१, २०७३     8:03:07 AM  |