15 May 2021  |   शनिबार, जेष्ठ १, २०७८

सर्पदंशका बिरामीको संख्या बढ्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार ३१, २०७३  

कोहलपुर, असार ३१
नेपालगन्जको भेरी अञ्चल अस्पतालमा सर्पदंशका बिरामीको संख्यामा वृद्धि भएको छ । २०७३ बैशाख महिना देखि असार मसान्त ३ महिनाको अवधीमा ४७ जना सर्पले डसेकोे बिरामीले उपचार गराएका छन् ।
गत बर्षको तुलनामा भेरी अञ्चल अस्पतालमा सर्पले डसेको बिरामीको संख्या बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अनुसार बैशाख महिनामा ६ जना जेष्ठ महिनामा २२ जना र असार महिनामा २० जना सर्पले डसेको विरामीले भेरी अञ्चल अस्पतालमा उपचार गराएका छन् । तर यो बर्ष लागे संगै सर्पको डसाईबाट कसैको ज्यान भने नगएको अस्पतालले जनाएकोछ । भेरी अञ्चल अस्पतालमा सुदुरपश्चिमको कैलाली कञ्चनपुर अछामसंगै मध्यपश्चिमको दाङ, सुर्खेत, बर्दिया लगाएतका बिरामीहरु पनि उपचारका लागि लागि आउने गर्दछन् । ती जिल्लाहरुमा सर्पदंंसको उपचार सेवा नहुँदा भेरी अञ्चल अस्पतालमा सर्पदंशका बिरामीको संख्या बढेका हुन् । वर्षायाम सुरु हुन थालेपछि सर्पको बिगबिगी बढ्ने भएकाले हिँडडुल गर्दा सावधानी अपनाउनुपर्ने भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिडेण्ट डा. श्याम सुन्दर यादवको सुझाब छ । सर्पले डसेमा जति सक्दो छिटो अस्पताल ल्याउनुपर्ने चिकित्सकहरुको सुझाब रहेको छ । सर्पदंशको उपचारका लागि एन्टिस्नेक भ्याक्सिन पनि प्रयाप्त मात्रामा रहेको मेसु यादबको भनाई छ । सर्पदंशका कारण अस्पतालमा आउने बिरामी मध्ये बालबालिका र बृद्ध बृद्धा बढी छन् ।

प्रकाशित मितिः शुक्रबार, असार ३१, २०७३     8:02:09 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *