20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

साढे ३ लाख बढी सुरक्षा भत्ता फिर्ता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार ३१, २०७३  

कोहलपुर, असार ३१
टिटिहिरिया गाविसले सुरक्षा भत्ताका लागि निकासा गरेको रकम मध्ये ३ लाख ७२ हजार ७ सय रुपैंया फिर्ता पठाएको छ । दोश्रो र तेश्रो चौमासिकका लागि निकासा भएको ३८ लाख ७० हजार ४ सय मध्ये ३४ लाख ९७ हजार ७ सय रुपैंया मात्रै वितरण गरिएको छ । गाविसले ७०२ को संख्यामा रकम निकासा गरेपनि ६४९ जनालाई मात्रै भत्ता वितरण गरिएको छ । गाविस सचिव तप्तराज आचार्यले भत्ता वितरण गर्दाको समयसम्म मृत्यु भएका, वैदेशिक रोजगारको सिलसिलामा विदेश भएका, ५ वर्ष उमेर पूरा भएका दलित बालबालिकाहरुको समेत लगत कट्टा गरेर बाँकी भएको रकम जिल्ला विकास समिति बाँकेमा फिर्ता पठाएको बताए । गाविसले ज्येष्ठ नागरिक (अन्य) २२१, ज्येष्ठ नागरिक (दलित) ६५, एकल महिला १, पुर्ण अशक्त अपाङ्गता ११, आंशिक अशक्त अपाङ्गता २३, विधवा महिला २५० र दलित बालबालिका पोषण भत्ता ७८ जनालाई वितरण गरेको छ ।
यसैबीच गाविसले दिने सेवा सुविधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम बिहिबार टिटिहिरियामा सम्पन्न भएको छ । सार्वजनिक सुनुवाइमा गाविस सचिव तप्तराज आचार्यले आर्थिक बर्ष २०७२÷७३ प्रगतिप्रतिवेदन सार्वजनिक गरेका थिए । कार्यक्रममा बालमैत्री गाविस घोषणा गर्ने, कृषीलाइ व्यवयायीकरण गर्नका लागि कृषी उपज बजारको व्यवस्थापन गर्ने, कार्यालयलाई कम्प्यूटर प्रणालीबाट सेवा उपलब्ध गराउने, पूर्ण खोपयुक्त गाविस घोषणा गर्ने जस्ता प्रतिबद्धता जनाइएको छ । कार्यक्रममा सहभागीले गाविस सचिव, राजनैतिक दलका प्रतिनिधिहरुका बीचमा सुझाव तथा जिज्ञासा राखेका थिए । सो कार्यक्रम साझेदारी विकास परियोजना अन्तरगत इन्रुडेक बाँकेको प्राविधिक सहयोग र गोगो फाउण्डेशनको सहजिकरणमा सम्पन्न भएको हो ।

प्रकाशित मितिः शुक्रबार, असार ३१, २०७३     7:59:53 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *