19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

सञ्चालनमा आयो जनमुखी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार ३१, २०७३  

कोहलपुर, असार ३१
कोहलपुरमा प्रधान कार्यालय राखेर जनमुखी यातायात सेवा बिहीबारबाट संचालनमा आएको छ । यातायात सेवाले हाललाई बाँके र बर्दियामा नगररुट संचालन गरेको जनमुखीले केही महिना भित्रै देशैभर आफनो सेवा बिस्तार गर्ने जनाएको छ ।यातायात सेवाको उद्घाटन गर्दै कोहलपुर नगरविकास समिति अध्यक्ष लक्ष्मणराज पौडेलले जनमुखी यातायात सेवाले सञ्चालनमा ल्याएका नयाँ गाडीहरुले गुणस्तरीय सेवा दिनमा कञ्जुस्याई गर्न नहुने बताए । उनले यात्रुहरुसँग शिष्ट व्यवहार गर्नुपर्ने सुझाव दिए । साथै उनले बसपार्कमा बुकिङ्ग काउण्टरको लागि प्रक्रिया पूरा गरेर आए काउण्टर सहज रुपमा उपलब्ध हुने धारणा राखे । यस्तै नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघका केन्द्रिय सदस्य भगवान गिरिले महासंघको नाममा लादिएको सिन्डिकेटलाइ तोड्नका लागि आफनो संस्था लागीपरेको दावी गरेका छन् । चालक, सहचालकको भाषा शिष्ट गराउन लागिपरेको बताउँदै उनले जनमुखीले चालकहरुलाई पोशाक वितरणको कार्य प्रशंसनीय भएको बताए । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, उद्योगी, व्यापारी लगायतको उपस्थिति रहेको थियो । कोहलपुरमा प्रधान कार्यालय राखेर जनमुखी यातायात सेवा बिहीबारबाट संचालनमा आएको छ । यातायात सेवाले हाललाई बाँके र बर्दियामा नगररुट संचालन गरेको जनमुखीले केही महिना भित्रै देशैभर आफनो सेवा बिस्तार गर्ने जनाएको छ ।
यातायात सेवाको उद्घाटन गर्दै कोहलपुर नगरविकास समिति अध्यक्ष लक्ष्मणराज पौडेलले जनमुखी यातायात सेवाले सञ्चालनमा ल्याएका नयाँ गाडीहरुले गुणस्तरीय सेवा दिनमा कञ्जुस्याई गर्न नहुने बताए । उनले यात्रुहरुसँग शिष्ट व्यवहार गर्नुपर्ने सुझाव दिए । साथै उनले बसपार्कमा बुकिङ्ग काउण्टरको लागि प्रक्रिया पूरा गरेर आए काउण्टर सहज रुपमा उपलब्ध हुने धारणा राखे । यस्तै नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघका केन्द्रिय सदस्य भगवान गिरिले महासंघको नाममा लादिएको सिन्डिकेटलाइ तोड्नका लागि आफनो संस्था लागीपरेको दावी गरेका छन् । चालक, सहचालकको भाषा शिष्ट गराउन लागिपरेको बताउँदै उनले जनमुखीले चालकहरुलाई पोशाक वितरणको कार्य प्रशंसनीय भएको बताए । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, उद्योगी, व्यापारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, असार ३१, २०७३     7:58:37 AM  |