24 September 2023  |   सोमवार, अशोज ८, २०८०

रेडियो कोहलपुरको अध्यक्ष केसी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार ३०, २०७३  

कोहलपुुर, असार ३०
समुदायका लागि संञ्चार कोहलपुर बाँकेद्वारा सञ्चालित रेडियो कोहलपुर एफ.एम.को अध्यक्षमा प्रेम केसी चयन भएका छन् । बुधबार भएको साधारणसभाले केसीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।  जसको उपाध्यक्षमा नमप्रसाद शर्मा, सचिव बिष्णु प्रसाद बेल्वासे, सहसचिव भिम पौडेल र कोषाध्यक्ष चेत कान्त भटराई रहेका छन् । सदस्यहरुमा प्रदिप वाग्ले, तेज प्रसाद अधिकारी , छबिलाल भटराई, गोपाल गिरी, चक्र बहादुर अधिकारी र मिना सिग्देल रहेका छन् ।

प्रकाशित मितिः बिहिबार, असार ३०, २०७३     11:46:55 AM  |