पार्टी कार्यालय स्थापना



कोहलपुुर, असार २९
नेकपा माओवादी केन्द्र बाँकेले क्षेत्र नम्बर ४ को खजुरामा पार्टी कार्यालय सञ्चालनमा ल्याईएको छ । बागेश्वरी २ खजुरा बजारमा क्षेत्र नम्बर ४ को पार्टी कार्यालयको एक कार्यक्रमका बीच मङ्गलबार उद्घाटन गरिएको हो । कार्यालयको शहिद अम्मरनाथ अधिकारीकी आमा सावित्री अधिकारी र माओवादी केन्द्रका केन्द्रिय सदस्य आइपी खरेलको संयुक्त रुपमा उद्घाटन गरे । बाँके संयोजक समेत रहेका खरेलले १० माओवादीको एकताले कार्यकर्ताहरुमा उर्जा थपेको बताए । अब पार्टिलाई गाउँ कमिटीबाट नै बलियो बनाएर ल्याउनुपर्ने केन्द्रिय सदस्य खरेलको भनाई थियो । माओवादी केन्द्रका केन्द्रीय सदस्य डम्बर बि.के. तुफानले देशले नयाँ मुहार फेरे पनि शहिद परिवारले झै शान्तिको अनुभूति गर्ने बताए ।

  • No tags available
प्रकाशित मिति : २०७३ असार २९ गते बुधबार