20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

ग्यास ‘लिक’ हुँदा आगलागी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २८, २०७३  

कोहलपुर, आसर २८
गनापुर २ भाटनपुरस्थित एक घरमा ग्यास ‘लिक’ हुँदा आगलागी भएको छ । सोमबार अपरान्ह ४ बजे भाटनपुरस्थित सुरेश यादवको घरमा ग्यास लिक भएर आगलागी भएको हो । स्थानीय र प्रहरी मिलेर ४ घण्टापछि साँझ करिब ८ बजे आगो नियन्त्रणमा लिएका थिए । आगलागी हुँदा २ लाख ३ हजार बराबरको क्षति भएको गनापुर प्रहरी चौकीका असई मोहन खत्रीले जानकारी दिए । आगलागीबाट मानवीय तथा पशु चौपायाको क्षति भने नभएको उनको भनाई छ । ‘आगलागी हुने वित्तिकै स्थानीय र प्रहरी मिलेर आगो निभाउन थाल्यौं’ उनले भने ‘धन्न ग्यास भने पड्कन पाएन ।’

प्रकाशित मितिः मङ्लबार, असार २८, २०७३     2:08:31 PM  |