26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

३३ सहकारीको दर्ता खारेज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार २७, २०७३  

कोहलपुर, असार २७
बाँकेमा निष्क्रिय अवस्थामा रहेका ३३ वटा सहकारी संस्था खारेज भएका छन् । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेका प्रमुख प्रकाश पौडेलका अनुसार पटक–पटकको ताकेतापछि पनि सक्रिय रहेको आधार प्रमाण प्रस्तुत गर्न नसकेपछि ती सहकारी खारेजीमा परेका हुन् । खारेजीमा परेकामा सबैभन्दा बढी कृषि सहकारी छन् । कार्यालयका अनुसार अति निष्क्रिय अवस्थामा रहेका १८ कृषि सहकारी खारेजीमा परेका छन् । यसैगरी पाँच पाँच वटा बहुउद्देश्यीय र बचत तथा ऋण सहकारी खारेजीमा परेका छन् । स्वास्थ्य, जडिबुटी, पशुपंक्षी तथा पशुपालन, विद्युत र उपभोक्ता सहकारी एक एक वटा खारेजीमा परेको कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, असार २७, २०७३     2:17:38 PM  |