मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार २७, २०७३
कोहलपुर, असार २७
कांग्रेस निकट यातायात व्यवसायीहरु संगठित भएका छन् । कांग्रेस निकट यातायात व्यवसायीहरुलाई एकत्रित गर्ने उद्देश्यले प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ गठन गरिएको हो ।
भेरी र कर्णालीको प्रथम अञ्चल भेलाले मध्यपश्चिम यातायात व्यवसायी सुर्खेतका अध्यक्ष विष्णुबहादुर खड्काको अध्यक्षतामा २१ सदस्यीय भेरी कर्णाली अञ्चल स्तरीय कमिटी गठन गरेको छ । जसको उपाध्यक्ष शम्भु रिजाल, सचिव निरज चलाउने र कोषाध्यक्ष प्रकाश अधिकारी रहेका छन् । अञ्चल कमिटिले प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघका लागि व्यवसायीलाई सदस्यता प्रदान गर्ने र त्यसपछि जिल्लास्तरीय अधिवेशन सम्पन्न गर्ने अध्यक्ष खड्काले बताए ।