28 February 2021  |   आइतवार, फाल्गुन १६, २०७७

कृषकलाई अनुदान वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार २५, २०७३  

कोहलपुर, असार २५
जिल्ला पशु सेवा कार्यालय बाँकेले दोस्रो किस्ताको अनुदान वितरण गरेको छ । कार्यालयले शुक्रबार नेपालगञ्जमा सार्वजनिक सुनुवाई, अनुदान तथा पुरस्कार वितरण र सामग्री हस्तान्तरण कार्यक्रममार्फत अनुदान वितरण गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले एक कार्यक्रमका बीच अनुदान, पुरस्कार तथा सामग्री हस्तान्तरण गरे । पशु सेवा कार्यालयका प्रमुख बेदबहादुर केसीका अनुसार उक्त कार्यक्रममा पशु अनुदान अन्तरगत् मझौला र साना गरी १० वटा फार्मलाई ७ लाख ६० हजार रुपैयाँ अनुदान दिइएको छ । ३ वटा मझौला र ७ वटा साना फार्मलाई एक लाखदेखि १ लाख ४० हजारसम्म अनुदान दिइएको हो । यसैगरी पाडा हुर्काउने कार्यक्रम अन्तरगत शारदा कृषि पशुपालन फार्मलाई २ लाख अनुदान दिइएको छ । त्यस्तै पशु पंक्षी प्रबद्र्धन कार्यक्रम अन्तरगत् मासु पसल र डेरी पसल सुधारका लागि १० वटा फार्मलाई १५ लाख बढी अनुदान दिइएको छ ।
यसैगरी किसानहरुलाई मलखादसम्म मल पु¥याउन सहज होस् भनेर ३८ जना पशुपालन किसानलाई ह्विलव्यारो र बेल्चा वितरण गरिएको छ । गाई, भंैसी र बाख्रामा कृत्रिम गर्भाधान गर्ने पाँच जनालाई पनि पुरस्कृत गरिएको छ । कृत्रिम गर्भाधानकर्ता गोविन्दबहादुर रोकाय, कमलप्रसाद उपाध्याय, नवलकिशोर पाठक, बिष्णुप्रसाद अधिकारी लगायतलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको
हो ।

प्रकाशित मितिः शनिबार, असार २५, २०७३     12:26:12 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *