कोहलपुर, असार २५
कोहलपुर नगर विकास समितिको जग्गाबाट माटोको चपरा चोरी गर्ने गिरोह पक्राउ परेको छ । कोहलपुर नगर विकास समितिको अनुगमन टोलीले गिरोहका नाइके बर्दिया घर भई कोहलपुर बस्दै आएका माधवप्रसाद न्यौपानेलाई पक्राउ गरेको हो । अनुगमनका क्रममा शुक्रबार माटोको चपरा चोरी गर्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको नगर विकास समिति अध्यक्ष लक्ष्मणराज पौडेलले जानकारी दिए । उनका अनुसार लामो समयदेखि नगर विकासको विभिन्न क्षेत्रबाट माटोको दुबो र घाँस सहितको चपरा चोरी गर्ने न्यौपाने नेतृत्वको गिरोह सक्रिय थियो ।
न्यौपानेले नगर विकास समितिको अनुमति विना ३ सय ट्राली माटोको चपरा चोरी गरेको उनले बताए । रंगेहात माटोको चपरा उठाइरहेको अवस्थामा फेला पारेपछि न्यौपानेले १ सय ५० ट्रिप माटोको चपरा उठाएको स्विकारेको अध्यक्ष पौडेलले बताए । न्यौपानेलाई कारवाही स्वरुव १ सय ५० ट्रिप माटोको मूल्य १ लाख ९५ हजार र चोरी गरेवापत विगो मूल्यको आधारमा जरिवाना स्वरुप ९७ हजार ५ सय गरि जम्मा २ लाख ९२ हजार ५ सय रुपैयाँ समेत न्यौपानेबाट असुल उपर गरेको नगरविकासले जनाएको छ ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार २५, २०७३