छुवाछुत निगरानी केन्द्र स्थापना



कोहलपुर, असार १९
कोहलपुरमा छुवाछुत निगरानी केन्द्र स्थापना गरिएको छ । जातीय भेद्भाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ को कार्यान्वयन गर्नका लागि केन्द्रको स्थापना गरिएको हो । शनिबार केन्द्रको काम, कर्तव्य र अधिकारका विषयमा अन्तरक्रिया गरिएको छ ।
अन्तरक्रियामा सहभागीहरुले केन्द्रले दलितका मुद्दाहरुलाई पैरवी गर्न सहज हुने विश्वास व्यक्त गरेका थिए । यस्तै छुवाछुत अन्त्य र छुवाछुत कसुर र सजाय ऐनको कार्यान्वयनका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । दलित जिल्ला समन्वय समिति जिविस बाँके उपाध्यक्ष कृष्ण बिकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, दलित अगुवा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम नगर स्तरीय दलित संजाल अध्यक्ष टोपबहादुर परियारको सभापतित्वमा भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७३ असार १९ गते आइतबार