19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

सहकारी दिवसमा मानव साङ्लो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार १९, २०७३  

कोहलपुर, असार १९
९४ औं अन्तराष्ट्रिय सहकारी दिवस कोहलपुरमा पनि मनाइएको छ । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यलय बाँके, जिल्ला सहकारी संघ बाँके, बाँके जिल्लाका विषयगत सहकारी संघहरु तथा राष्ट्रिय सहकारी बैंकको संयुक्त आयोजनामा कोहलपुर चौराहामा मानव साङ्लो प्रदर्शन गरेका हुन् । ‘सहकारी दिगो भविष्यको कार्यशक्ति’ भन्ने मुल नाराका साथ दिवस मनाइएको हो । कार्यक्रममा कोहलपुर नगरविकास समितीका अध्यक्ष लक्ष्मणराज पौडेलले सहकारीहरुले साना तथा मझौला आय स्तर भएका जनताहरुलाई आर्थिक सहयोग गरी आयस्तर वृद्धी विकास गर्नमा सहयोग गरेको बताए ।
सहकारीहरुको एकलताले नै आर्थिक बृद्धी सम्भव भएको बताए । कार्यक्रममा नौवस्ता, चिसापानी, वनकटवा,
टिटिहिरिया लगायतका सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः आइतवार, असार १९, २०७३     10:48:05 AM  |