19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

यमनमा आइएसले गराएको कार बम विस्फोटमा ३५ जना मारिए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार १४, २०७३  

काठमाडौं, असार १४ । यमनमा इस्लामिक अतिवादी संगठन आर्ईएसले गराएको कार बम बिस्फोटमा परी ३५ जना मारिएका छन् । घटनामा २४ जना घाइते भएका छन् । यमनको दक्षिण पूर्वी क्षेत्र मुकालामा सैनिकहरु रमदानको ब्रत समाप्तिको तयारीमा रहेकै बेला गराइएको बिस्फोटका कारण थुप्रै सवारी साधनमा पनि क्षति पुगेको छ । यमनमा आइएसको आक्रमणमा परी  अहिलेसम्म ६ हजार ४ सय मानिस मारिएका छन् जसमा आधा जति सर्वसाधारण छन् । (एजेन्सी)

प्रकाशित मितिः मङ्लबार, असार १४, २०७३     8:51:13 AM  |