24 September 2022  |   शनिबार, अशोज ८, २०७९

भित्तेपत्रिका तालिम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार १४, २०७३  

कोहलपुर, असार १४
बाँकेको राप्तीपारी गंगापुर गाविसमा ३ दिने बाल भित्ते पत्रिका प्रकाशन तालिम सोमबार सम्पन्न भएको छ । गंगापुर गाविस कार्यालयको सहयोगमा बाल क्लब सञ्जालको आयोजनामा सञ्चालित तालिममा गाविस अन्तर्गत बिद्यालयस्तरीय ३ वटा बाल क्लबका पदाधिकारी गरि करिब ४५ जनाको सहभागिता रहेको थियो । तालिममा भित्ते पत्रिका, समाचार, समाचार लेखन, साजसज्जा, स्थानीय विषयवस्तुको पहिचान, रिपोटिङ्ग, सूचना लेखन तथा तथ्याक संकलन लगायतका विषयमा पत्रकार शुक्रऋषि चौलागाई र राकेशकुमार मिश्रले सहजीकरण गरेका थिए । तालिम पश्चात ३ वटै बाल क्बलले मासिक नियमित रुपमा छुटाछुटै भित्ते पत्रिका प्रकाशन गर्ने र गाविसका स्थानीय मुद्दालाई संचार माध्यममा पहुँच बढाउने कार्यलाई अगाडि बढाइने सञ्जालका संरक्षक अरुण कुमार यादवले बताए । उनका अनुसार बालबालिकाहरुलाई यो तालिमले राप्तीपारीका विभिन्न समस्या उठान गर्नमा समेत सहयोग मिलेको छ ।  भित्ते पत्रिकामार्फत राप्तीपारी क्षेत्रको मुख्य समस्याको रुपमा रहेको सडक, विजुली, वाढी प्रकोप, आगलागी, शिक्षा स्वास्थ्य र कृषिका समस्यालाई उजागर गरिने लक्ष्य लिइएको छ ।

प्रकाशित मितिः मङ्लबार, असार १४, २०७३     8:38:14 AM  |