कोहलपुर, असार १४
नेकपा एमालेका पूर्व महासचिव स्व. मदन भण्डारीको जन्मदिनका अवसरमा आज मंगलबार विभिन्न कार्यक्रमहरु गरिँदैछन् । नेकपा एमाले बा“केले भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलिय जनवाद र देशको आर्थिक विकासका सम्बन्धमा बृहत्त अन्तरक्रिया गर्दैछ । नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा बिहान ११ बजेपछि पार्टी कार्यालयको सहभाहलमा अन्तरक्रिया गर्न लागिएको नेकपा एमाले बा“केका अध्यक्ष अशोक कोइरालाले जानकारी दिए । यसैबीच मंगलबार नै ब्याडमिन्टन प्रतियोगिताको आयोजना समेत गरिएको छ । बरिष्ठ नेता खनालले मंगलबार नै नेपालगन्ज रंगशालामा भारोत्तोलन एकेमेडीको उद्घाटन समेत गर्नेछन् ।
यसै अवसरमा मदन भण्डारी फाउण्डेशन बा“केले खुल्ला वक्तृत्वकला प्रतियोगीता गर्न लागेको छ । स्वस्तिक कटेजमा ‘मदन भण्डारी र राष्ट्रियता’ बिषयक वक्तृत्वकला प्रतियोगीतामा जिल्लाभरमा १७ बढी बिद्यालय सहभागि हुन लागेको फाउण्डेशनका अध्यक्ष सुर्य ढकालले जानकारी दिएका छन् । नेपालको कम्युनिष्ट आन्दोलनमा जननेताका रुपमा परिचित मदन भण्डारीको जन्म २००९ साल अषाढ १४ गते पूर्वाञ्चलको ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा भएको हो । पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको माइला छोराको रूपमा जन्मिएका थिए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार १४, २०७३