26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

तीन विद्यालयमा नेल्टा गठन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार ११, २०७३  

कोहलपुर, असार ११
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) बाँकेले कोहलपुरमा रहेका श्री त्रिभुवन उच्च मा.वि., रामजानकी उच्च मा.वि. तथा नमुना विद्या सदन मा.वि.मा कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीहरुलाई अंग्रेजी भाषा सिकाउनका लागि नेल्टा क्लब गठन गरिएको छ । जसमा त्रिभुवन उच्च मा.वि. कोहलपुरबाट अध्यक्षमा निरज कठायत, उपाध्यक्ष गरिमा रोकाय, सचिव दिपेश गिरी, कोषाध्यक्ष भविष्य चौलागाई, सहसचिव निशा श्रीष लगायत ३० सदस्यीय नेल्टा क्लब गठन गरिएको हो । साथै क्लब फोकल पर्सनका रुपमा विद्यालयका शिक्षक केशवराज सिग्देल रहेका छन् ।

DSCN3777

त्यसै गरी रामजानकी उच्च माविमा अध्यक्ष सविना बास्तोला, उपध्याक्ष प्रेवश बुढामगर, सचिव संगिता सापकोटा, कोषाध्यक्ष अविशेक सुरुपाइली, सहसचिव रिया सेजुवाल लगायत १३ सदस्यीय नेल्टा क्लब गठन भएको छ भने फोकल पसर्नमा विद्यालयको शिक्षिका विन्दु सुवेदी रहेकी  छिन् ।

त्यस्तै नमुना विद्या सदन मावि कोहलपुरबाट अध्यक्षमा सुनिल कुमाई, उपाध्यक्षमा आयुस्मा चलाउने, सचिव सचिन जीएम, कोषाध्यक्षमा प्रभात पोखेरल, सहसचिवमा सरिता के.सी.लगायत १५ सदस्यीय नेल्टा क्लब गठन गरिएको छ भने फोकल पसर्नमा विद्यालयका शिक्षिका देवी घर्ती रहेकी कार्यक्रमका संयोजक नेल्टा बाँकेका अध्यक्ष होम राज खड्का रहेको नेल्टा बाँकेका सचिव टर्कबहादुर खत्रीले जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, असार ११, २०७३     8:12:31 AM  |