24 February 2021  |   बिहिबार, फाल्गुन १३, २०७७

दर्जन वस्ती डुबे

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार ९, २०७३  

कोहलपुर, असार ९
बुधबार र बिहीबार परेको वर्षाले कोहलपुरका दर्जन बढी वस्ती डुबाएको छ । लगातार परेको मुसलधारे बर्षापछि कोहलपुर क्षेत्रका रामजानकी टोल, कौशीलानगर, वानियाभार, मुक्तिनगर, मसुरीखेत, रोहनीखोला, ढकेरी क्षेत्र डुवानमा परेको छ । बर्षातपछि खोला र नालामा बढेको बाढीले एक्कासी यहाँका बस्ती जलमग्न बनाएको छ । बाढी आउँदा कोहलपुर क्षेत्रका आधा दर्जन बस्तीमा केही घरहरु डुवेपनि मानवीय क्षती नभएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्लेले बताए । कोहलपुर बजार नजिकै रहेको रोहण्ी खोला र डुडुवा खोला क्षेत्रका घरहरु, डडुवाखोला नजिकमा रहेका घर, मसुरीखेत, कौशीलानगर, वानियाभार, ढकेरी लगायतका घरहरु डुवानमा परेको उनले बताए ।
समयमा डुवान क्षेत्रमा प्रहरी परिचालन गरिएपनि उद्धार गर्नुपर्ने र मानवीय क्षती नभएको उनले जानकारी दिए ।  बर्षातपछिको डुवानले पक्कीघरहरुमा क्षती नगरेपनि कच्ची र छाप्रो घरहरुमा सामान्य क्षती गरेको बताइएको छ ।

प्रकाशित मितिः बिहिबार, असार ९, २०७३     9:21:41 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *