18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

अभिमूखिकरण सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार ८, २०७३  

कोहलपुर, असार ८
बाँकेको चिसापानीमा मंगलबार मानव बेचबिखन विरुद्ध एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । माइती युवा सञ्जाल बाँकेको आयोजनामा भएको भिमुखिकरण कार्यक्रममा ३० युवाको सहभागिता रहेको थियो । कार्यक्रममा मानव बेचबिखनका विरुद्ध युवाहरु एकजुट भएर लागे मानव बेचबिखनका घटनामा न्यूनिकरण हुनेमा जोड दिइएको थियो । कार्यक्रमको सहजिकरण माइती नेपाल बाँकेले गरेको थियो । अभिमुखिकरणमा युवाहरुलाई प्रशिक्षक मेघबहादुर खत्री, पुष्पा सुनार, बसन्त नेपाली र भीम रोकायाले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मितिः बुधबार, असार ८, २०७३     9:32:00 AM  |