कोहलपुर, असार ७
विभिन्न १० माओवादी घटक मिलेर बनेको नेकपा माओवादी केन्द्र बा“केको एकता भेला सोमबार सम्पन्न भएको छ । नेपालगन्जमा नेकपा माओवादी केन्द्र बा“केले एकताको सन्देश दिने गरी भेला गरेको थियो । एकता भेलामा जिल्लाभरीका नेता तथा कार्याकर्ताहरुको धेरै सहभागिता रहेको थियो । १० माओवादी घटकहरुबिच पार्टी एकता भएपछि जिल्लाका कार्यकर्ताहरुको पनी भेलामा उल्लेखनीय सहभागिता रहेको थियो । भेलाले पुराना जिल्ला कमिटीहरुलाई खारेज गर्दै आइपि खरेलको संयोजकत्वमा ५ सय ७५ जनाको समायोजन कमिटी गठन गरेको छ । एकता भेलामा तिलक परियार, आइपी खरेल, तिर्थ ज्ञवाली, महेश्वर गहतराज अथक लगायतका नेताहरुको उपस्थित रहेको थियो ।
प्रकाशित मिति : २०७३ असार ७ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्