कोहलपुर, असार ३
बाँकेको उढरापुरलाई आधारभूत शिक्षा गाविस घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमकाबीच स्रोत व्यक्ति जयप्रकाश शाहले उढरापुरलाई आधारभूत शिक्षा गाविस घोषणा गरेका हुन् । उढरापुर गाविसमा विद्यालय उमेर समूहका सबै बालबालिका विद्यालयको पहुँचमा भएको पाइएपछि उक्त गाविसलाई आधारभूत शिक्षा घोषणा गरिएको छ ।
गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहेका गाविस सचिव कृष्णबहादुर रोकायको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने सहभागिहरुले कुनै पनि बालबालिका आधारभूत तहको पढाईबाट बञ्चित हुन नहुनेमा जोड दिए । कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णमान श्रेष्ठ, प्लान नेपालका स्नेहलता श्रेष्ठ लगायतले बोलेका थिए ।
प्रकाशित मिति : २०७३ असार ६ गते सोमबार
प्रतिक्रिया दिनुहोस्