कोहलपुर , असार ६
कैलालीको धनगढीमा भएको पाँचौं इण्डो नेपाल गोजुरियो कराँते प्रतियोगीतामा नेपालले १८ स्वर्णका साथ बिजयी भएको छ । असार ३ र ४ गरी दुईदिन सम्म सञ्चालन भएको प्रतियोगीतामा नेपालले भारतलाई पराजित गरेको हो । २२ विधामा रहेको सो प्रतियोगीतामा नेपालले १८ वटा स्वर्ण जितेको छ । त्यस्तै बाँकेले मात्रै १३ स्वर्ण जितेको बाँके जिल्ला नेशनल गोजुरियो कराँते प्रमुख पदम नारायण श्रेष्ठले बताए । विजयी खेलाडीहरुलाई आगामी शनिबार सम्मान गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए । प्रतियोगीतामा २ सय खेलाडीले सहभागिता जनाएका थिए । मध्यपश्चिमाञ्चल नेशनल गोजुरियो कराँते प्रमुख रमेश कुमार डाँगीको नेतृत्वमा टोली प्रतिस्पर्धाका लागि धनगढी पुगेको थियो ।
प्रकाशित मिति : २०७३ असार ६ गते सोमबार
प्रतिक्रिया दिनुहोस्