19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

वर्तमान सरकारका दिनगन्ति शुरु भइसकेको छ ः देउवा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार ३, २०७३  

कोहलपुर, असार ३
रुको उपस्थिति रहेको थियो ।
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले वर्तमान सरकारको दिनगन्ती सुरु भइसकेको बताएका छन् ।
वर्तमान सरकारको कार्य शैलिले छिट्टै बिदाई हुने संकेत देखिएको उनले बताए । नेपाली काँगे्रस बाँकेले आयोजना गरेको कार्यकर्ता संवोधन कार्यक्रममा बोल्दै नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यन्वयन प्रक्रियामा सबैले ध्यान पुर्याउनु पर्ने बताए । साथै अब काँग्रेसले संविधान कार्यन्वयनमा जोड दिने उनले बताएका छन् । ‘विगतमा हामीले लोकतन्त्रीक अधिकारका निम्ति लडाई गरियौं’ उनले भने ‘अब विकासका लागि सहमति र सहकार्य गर्ने समय आएको छ ।’ यस्तै उनले काँग्रेसलाई एक बनाएर लिने विश्वास व्यक्त गरे । सभापति देउवाले काँग्रेसका नेताहरुलाई स्थानिय निर्वाचन केन्द्रित हुन निर्देशन समेत दिएका छन् ।

१८ महिनामा तीन तहको निर्वाचन सक्नुपर्छ ः गगन थापा केन्द्रीय सदस्य
स्थानिय, प्रदेश र केन्द्रीय निर्वाचन १८ महिना भित्रै सम्पन्न गर्नु पर्छ । तपाई सबै नेताहरु अब स्थानिय निर्वाचनका लागि तयारी गर्नुहोस् । १३ औं महाधिवेशनका गुटउपगुटहरुको अन्त्य गरी नयाँ संकल्पका साथ तीन तहका निर्वाचनमा केन्द्रित हुनुहोस् ।

गुटले पाटी बिर्गादैन ः किशोरसिंह राठोर केन्द्रीय सदस्य
लोकतन्त्रीक पाटी भित्रको गुटले कुनै असर पार्दैन । तर गुटलाई पनि सीमा भन्दा माथि लिनु हुँदैन् । काँग्रेस पाटी दुई गुटबाटै निर्माण भएकाले यसलाई अन्यथा नसोच्न आग्रह गर्दछु । गुटलाई व्यवस्थापन गरी नेतृत्व तह अगाडि बढ्नु पर्छ ।
गुट बन्दीको अन्त्य होस् ः कोइराला
केन्द्र देखि जिल्ला हुँदै स्थानिय तह सम्मको पाटीको गुटबन्दी अन्त्य हुनुपर्छ । पाटीका साथै तहमा मिलाएर केन्द्रीय नेतृत्व जानु पर्ने वर्तमान आवश्यकता हो । विशेष योजनाका साथ स्थानिय नेतृत्वलाई निर्वाचनमा केन्द्रले परिचालन गरिदियोस् । स्थानिय कार्यकर्ताको भावना अनुसार पाटी संचालन होस् ।
कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य दिपक गिरी, जिल्ला कार्य समितिका पदाधिकारी, विभिन्न भातृ संस्थाका प्रमुख लगायत कार्यकर्ताह

प्रकाशित मितिः शुक्रबार, असार ३, २०७३     9:53:53 AM  |