27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

अडियो पुस्तकालय स्थापना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३२, २०७३  

कोहलपुर, जेठ ३२
बाँकेमा अडियो पुस्तकालय स्थापना गरिएको छ । बाँके नेत्रहिन संघले अडियो पुस्तकालयको स्थापना गरेको हो । सोमबार एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले अडियो बजाएर सो पुस्तकालयको उद्घाटन  गरे । उद्घाटन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले यस्ता खालका प्रविधीको प्रयोग सबै नेत्रहिनहरु सम्म पु¥याउन सके जीवनशैलिमा परिवर्तन हुने बताए । पाठ्य पुस्तकको अभाब भैरहेका बेलामा यस उपकरणले विद्यार्थीको पढाईलाई टेवा पु¥याउनका लागि अडियो पुस्ताकालयको स्थापना गरिएको बाँके नेत्रहिन संघका केन्द्रिय सदस्य एवम् प्रशिक्षक खेमराज शर्मा बताए ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३२, २०७३     11:39:59 AM  |