19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

चीनले नटेरेपछि पुटिनलाई फोनमा गुनासो गरे मोदीले

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७३  

नयाँ दिल्ली, जेठ ३१ । न्यूक्लियर सप्लायर्स ग्रुपमा सामेल हुन प्रयासरत भारतलाई चीनले नसघाएपछि रुससँग गुहार माग्न थालेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमार्फत गुनासो पोखेका छन् । उनले सो ग्रुपमा भारतको सदस्यताका लागि रुसको सहयोग मागेको बताइन्छ ।सो ग्रुपमा सामेल हुन भारत र पाकिस्तानले आ–आफ्नो बलबुताले भ्याएसम्म प्रयास गरिरहेका छन् । तुलनात्मक रुपमा विश्व समुदायमा भारतले धेरै समर्थन जुटाए पनि चीनले समर्थन नगर्दा उसको प्रयास तत्कालका लागि विफल भएको छ । चीनले नयाँ आवेदकका लागि शर्त खुकुलो बनाउन नहुने प्रस्ताव गर्दै आएको छ । परमाणु अप्रसार सन्धीमा भारतले हस्ताक्षर नगरेसम्म उसलाई न्यूक्लियर सप्लायर्स ग्रुपमा राख्न नसकिने चीनको अडान छ । रुसी राष्ट्रपति कार्यालयले मोदी–पुटिन टेलिफोन वार्ता भएको पुष्टि गरेको छ । सो कार्यालयका अनुसार मोदीले पुटिनलाई फोन गरेका थिए । (एजेन्सी)

प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७३     2:08:08 PM  |