कोहलपुर, जेठ २७
मध्यपश्चिम क्रिकेट क्लबको आयोजनामा कोहलपुरमा जारी यू–१७ राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज (बिहीबार) हुने भएको
छ ।
बुधबार प्रतियोगिता हुने भनियता पनि मंगलबार साँझ र बुधबार बिहान परेको वर्षाका कारण बुधबारको प्रतियोगिता स्थगित गरिएको आयोजकले जनाएको छ । मैदानमा पानी जमेका कारण प्रतियोगिता सञ्चालन गराउन कठिनाई भएकाले प्रतियोगीता आज बिहीबारलाई सरेको हो ।
बुधबार स्थगित गरिएको प्रतियोगिताको समापन समारोह आज (विहिवार) अपरान्ह ४ बजे हुने क्लबका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक संगीन शर्माले बताए ।
मध्यपश्चिम क्रिकेट क्लब र माछागढ क्रिकेट क्लबबीचको सेमिफाइनल खेल आज बिहान र दिउँसो फाइनल खेल हुने आयोजक क्लब अध्यक्ष पवन शर्माले बताए । प्रतियोगितामा बिजेता टिमले नगद ५१ हजार र उपविजेताले २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रकाशित मिति : २०७३ जेठ २७ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्