भारत र अमेरिकाबीच महत्वपूर्ण सम्झौता



काठमाडौं, जेठ २६ । भारत र अमेरिकाबीच आतंकवादविरुद्ध एकजुट हुने सहमति भएको छ ।

तीनदिने अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच विश्वका कयौं राष्ट्रमा मौलाएको आतंकवादविरुद्ध एकजुट हुने सहमति भएको हो ।

दुई नेताबीच परमाणु, रक्षा र उर्जासम्बन्धी व्यापक छलफल भएको छ ।

संयुक्तराष्ट्र सुरक्षा परिषद्मा भारतलाई स्थायी सदस्यता प्रदान गर्ने सहमति हुनुका साथै उर्जा विकासका लागि भारतलाई सघाउनेलगायतका ९ ओटा सम्झौता भएको छ ।

मोदी प्रधानमन्त्री भएपछिको यो उनको दोस्रो अमेरिका भ्रमण हो ।

यसअघि, सन् २०१५ मा ओबामाले पनि भारत भ्रमण गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७३ जेठ २६ गते बुधबार