भारत देहरादुनमा महिरो, कोहलपुृरका पाँचको मृत्यु



कोहलपुर, जेठ ११
भारत देहरादुनको भित्री पहाडी बस्तीमा हावाहुरीसँगै गएको पहिरोले थिच्दा दश नेपालीको घटनास्थलमै मृत्यु भएको छ । बाँके कोहलपुरका दीपक मगर, उनकी श्रीमती कुमारीदेवी, छोरीद्वय सरजना र तारा तथा छोरा भरतबहादुरसहित परिवारका सबैको मृत्यु भएको छ । आफ्नी दिदी विनिता विक, उनका २२ वर्षीय छोरा जीवन र ८ वर्षीय छोरा बबिन्द्रसमेतको ज्यान गएको घाइते जाजरकोटका २८ वर्षीय सन्तोष विकले टेलिफोनमार्फत जानकारी दिनुभयो । यस्तै रुकुम (मुसिकोट) का धनबहादुर र धनकुमारीसमेतको मृत्यु भएको हो । देहरादुनस्थित नेपाली समाजका प्रतिनिधि सूयविक्रम शाहीका अनुसार ओडारमा बास बस्ने पुगको १७ जना नेपाली मध्ये १० जनाको घटनास्थलमै ज्यान गएको हो । देहरादुनबाट झन्डै ५० किलोमिटर टाढा ट्युनी चात्रास्थित भित्री बस्तीमा आइतबार राति ११ बजे गएको उक्त पहिरोमा परी उद्धार गरिएका घाइतेमध्ये ४ जनाको दुन अस्पतालमा उपचार भइरहेको छ भने सामान्य घाइते ३ जना उपचारपछि फर्किएको नेपाली समाज प्रतिनिधि शाहले जानकारी दिनुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७३ जेठ ११ गते मंगलबार