कोहलपुर, जेठ ११
बाँकेको हिरमिनिया २ स्थित जनएकता सामुदायिक वहुउद्देश्यीय सहकारी संस्थाले आज (मंगलबार) कृषकहरुलाई अनुदानमा धानको बीउ वितरण गर्ने भएको छ । स्थानीयस्तरमा उत्पादन गरिएको बीउ सहकारी मार्फत् कृषकहरुलाई वितरण गर्न लागिएको हो । क्षेत्रीय बीउ प्रयोगशालामा माटो चेकजाँच गरी माटो सुहाउँदो बीउ उत्पादन गरी विक्रि वितरण गर्न लागिएको सहकारीका व्यवस्थापक धु्रवराज शर्माले जानकारी दिए । अहिले उत्पादन गरिएको १ सय ७ क्विन्टल धानको बीउ विक्रि गरिनेछ । जसमध्ये सुख्खा जातको धान १५ क्विन्टल रहेको छ । यो जातको धान पानी कम हुने ठाउँमा पनि राम्रो उत्पादन गर्न सकिने उनले बताए ।
त्यस्तै, जानकी जातको धान ३० क्विन्टल र बाँकि राधा चार जातको बीउ रहेको छ । अहिले उत्पादन गरिएको यो धानको बीउ २ वर्षसम्म नबिग्रने भएकाले यो अवधिमा पनि लगाउन मिल्ने उनले बताए ।
यो धान प्रतिकिलो ३१ रुपैयाँ पचास पैसामा कृषकहरुले पाउन सक्नेछन् । सहकारीले यो बीउ करिव ३ सय किसानहरुलाई वितरण गर्ने लक्ष्य लिएको छ । कृषकहरुले लिएर रोपेको बीउ नउम्रेको खण्डमा सहकारीले
फिर्ता लिने र उत्पादन गरेको बीउ पनि किनिदिने जनाएको छ ।
प्रकाशित मिति : २०७३ जेठ ११ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्