कोहलपुर, जेठ ७
बिना अनुमती कक्षाहरु सञ्चालन गर्ने विद्यालयको अनुगमन गर्ने क्रममा बिहीबार कोहलपुर लगायत आसपासका क्षेत्रमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा कोहलपुर सिटी कोहलपुर, सितापुर ई.मि. स्कुल कोहलपुर र पब्लिक लर्डबुद्ध कोहलपुरले अनुमती भन्दा माथिका कक्षाहरु सञ्चालन गरेको पाइएको जिल्ला शिक्षा कार्यालय बाँकेले नाएको छ ।
साथै विद्यालयले वर्गीकरण अनुसार मासिक शुल्क लिए÷नलिएको पनि अनुगमन गरिएको टोलीले जनाएको छ । राष्ट्रव्यापी कार्यक्रम अन्तरगत जिल्ला शिक्षा कार्यालय बाँके, प्याब्सन बाँके, एन प्याब्सन बाँके र अभिभावक संघको संयुक्त अनुगमन टोली बनाई अनुगमन गरिएको हो । बाँकेका विद्यालयहरुमा अनुगमन गर्ने कार्य जारी रहेको छ ।
प्रकाशित मिति : २०७३ जेठ ७ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्