विकासको रकमबाट मदिरा पार्टी गरे नेताले



कोहलपुर, जेठ ६
बाँकेको नेपालगन्ज राँझा सडक खण्डमा काम गरिरहेको पप्पु कन्स्ट्रक्सन कम्पनीले गुणस्तरहीन सडक निर्माण गरेको जनता र प्राविधिक स्तरबाट गुनासो आइरहेका केहि राजनीतिक दलका नेताहरुले भोज भतेर मदिरा पार्टीमा सहभागी भएर गलत कार्यलाई समर्थन गरेको खुलेको छ ।
नेपालगन्ज राँझा सडकखण्डमा काम गरि रहेको पप्पु कन्स्ट्रक्सनले तोकिएको समयावधि भन्दा एक वर्ष बढि समय खर्चिएपनि बाटोको गुणस्तरमा सुधार आउन नसकेको चौतर्फी गुनासो भइरहेका बेला बाँकेका केहि नेताहरुले उक्त गलत कायलाई स्थापित गर्न खोजेको तथ्य बाहिर आएको ।
मदिरापार्टीमा सहभागी नेताको नाम र पार्टी

दत्त प्रसाद आचार्य– नेकपा एमाले बाँके
ऋषि देवकोटा– राप्रपा नेपाल बाँके
विजय गुप्ता– तमलोपा बाँके
गिरिजा पाठक– तमलोपा बाँके
ललित रौनियार– तमलोपा बाँके
तप्त पौडेल– नेपाली काँग्रेश बाँके
प्रशान्त विष्ट–नेपाली काँग्रेश बाँके
हिजो बुधवार दिउँसो सडक बारे छलफलका लागि बोलाइएका ब्यक्तिहरुले साँझ रंगिन गरे ।
उनीहरुले पप्पु कन्स्ट्रक्सनको क्रियाकलालाई समर्थन गर्ने गरी बक्तब्य दिएको, समर्थन गर्ने किसिमको प्रस्तुत देखाएको सहभागी श्रोतले भन्यो, एक छिन माहोल यस्तो थियो कि कुनै गलत काम भएको छैन ।
नेपालगन्जन्युज डटकमको सहयोगमा तयार पारिएको ।

  • No tags available
प्रकाशित मिति : २०७३ जेठ ६ गते बिहीबार