19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

पेरिसबाट कायरोका लागि उडेको एजिप्ट एअरको विमान बेपत्ता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ६, २०७३  

पेरिस, जेठ ६ । इजिप्टको एक विमान सम्पर्कविहीन भएको छ । फ्रान्सको राजधानी पेरिसबाट इजिप्टको कायरोका लागि उडान भरेको एयरबस ए–३२० विमान सम्पर्कविहीन भएको हो ।

एमएस ८०४ कलसाइन भएको विमान विमानमा ५९ जना यात्रु र चालक दलका १० सदस्य रहेको बताइएको छ ।

भूमध्यसागरको पूर्वी भागमाथि ३७ हजार फिटको उचाईमा उडिरहेको समयमा विमान राडारसँग सम्पर्कविहीन भएको ईजिप्ट एयरले बताएको छ । ईजिप्टको हवाई क्षेत्रको १० माईलभित्र प्रवेश गरेपछि राडरसँग विमानको सम्पर्क टुटेको हो ।

विमानको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)

प्रकाशित मितिः बिहिबार, जेष्ठ ६, २०७३     11:06:35 AM  |