17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

काठ तस्करको आरोपमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ३०, २०७३  


काठ तस्करको आरोपमा
चार पक्राउ
कोहलपुर,र्बैशाख ३०
हरियाली सामुदायिक वन उपभोक्ता समुह बैजापुर १ बैसा स्थित स्थानियको घरमा सालको काठ फेला परेपछि ४ जना पक्राउ परेका छन् । २६ गते नियमित गस्ती गर्ने क्रममा २६ गोलिया सालको काठ सहित ४ जनालाई पक्राउ गरिएको धामपुर वन कार्यालयका इन्चार्ज चन्द्र बहादुर नेपालीले जानकारी दिए ।
३ सय ८ दशमलब ३ क्युफुट रहेको उक्त सालको काठ वेवारिसे अवस्थामा देखिएपछि छापा मारेको वन कार्यालय धामपुरले जनाएको
छ । पक्राउ गरिएको सालको काठ बन कार्यालय धामपुरमा रहेको छ ।
‘बरामद काठ सामुदायिक हो होइन अनुसन्धान भैरहेको छ’ इन्चार्ज नेपालीले भने । सामुदायिक बनमा आगो लागेको कारण काटेको रुखको फेड जलेको कारण अनुसन्धान गर्न गाहो भएको उनले बताए ।
२ वटा हरियो रुख र ४÷५ वटा सुकेको रुख काटेको हुन सक्ने अनुमान इन्चार्ज नेपालीले
बताए । घरमा राखिएको काठको आधारमा स्थानिय ४ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरुमा बैजापुर १ बैसाका गोपी लाल थारु, मोहन थारु, रण बहादुर थारु, खुसीराम थारु रहेका छन् । पक्राउ परेका ४ जनालाई बन ऐन अन्तरगत मुद्दा चलाइने इन्चार्ज नेपालीले
बताए । काठ तस्करमा संलग्न एक जना भने फरार रहेको उनले
बताए ।

प्रकाशित मितिः बिहिबार, बैशाख ३०, २०७३     8:35:10 AM  |