ठेकेदारको लापरबाहीले सास्ती



कोहलपुर, बैशाख ३०
ठेकेदारको लापरबाहीका कारण खजुरा रोड भएर हिँड्ने सर्वसाधारणहरुले सास्ती पाएका छन् । मंगलबार परेको छिनभरको वर्षा पछि खजुरा सडक जलाम्मे र हिलाम्मे भएका कारण सो सडक भएर हिडने सर्वसाधारण मर्कामा परेका छन् । सबै भन्दा बढी सेवाग्राही हुने जिल्ला प्रहरी कार्यालयको प्रबेशद्धारमै यस प्रकारको दुरदशा हुँदा समेत सम्बन्धित निकाय भने मौन
रहेको छ ।
सडक हिलाम्मे भएका कारण दैनिक सयौंको संख्यामा साइकल तथा मोटरसाइकल चालकहरु लडेर हिलाम्मे हुने गरेका छन् । सडकको यो दुरदशा प्रति सर्बसाधारणहरु निकै आक्रोशित बन्ने गरेका छन् । सडक हिलाम्मे भएका कारण साना सवारी साधानहरुले बैकल्पिक बाटो अपनाइरहेका छन् । सडकको यो दुरदशा हुनुमा स्थानीय निकायको लापरबाही भएको सो सडक भएर हिडने सर्वसाधारणहरुले बुझाइ
छ ।
मंगलबार नेपालगन्जमा सामान्य वर्षात भएपछि खजुरारोडको ठाउँठाउँमा हिलो भएपछि सडक हिड्न लायक
छैन । बाटोमा हिँड्ने सर्बसाधारणहरु दोबाटो बनाएर हिड्न बाध्य भएका छन् । अटोरिक्सा, गाडी, मोटरसाईकल चिप्लेर दुर्घटना हुने गरेको छ । हिलम्यबाटो मै लडेर घाइतेसमेत भएको सर्वसाधरणको भनाइ छ ।
नेपालगञ्जको पूजादाल मिल देखि नन्दनी मिलसम्म बाटो निर्माणको कार्य भैरहेको छ । बाटो निर्माण कार्य भैरहेको अवस्थामा सडक खनेर दुवै छेउमा माटो राखेकोले सडक जाम हुने गरेको सर्वसाधरणको
भनाई छ ।
सडक जाम तथा हिलम्य भएका कारण अटोरिक्सा वारपार हुन सकिरहेको छैन । रिक्सामा बसेका सवारीलाई वारीको वारी र पारीको पारी नै छोड्ने गरेका छन् । हिलाम्य भएकै कारण सानो गाडीका चक्काहरु चिप्लेर दुर्घटना समेत हुने जोखिम बढेको
छ । सडक हिलाम्मे भएका कारण नेपालगन्ज गुलरिया भएर गुडने सबारी साधन समेत बैकल्पिक बाटो अपनाएर आउजाउ गर्ने गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख ३० गते बिहीबार