19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

ट्राफिक सप्ताह सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख २७, २०७३  

बैशाख २७
नेपालगञ्जमा आईतबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ । विश्व रेडक्रस दिवसको अवसर पारेर जिल्ला ट्राफिक प्रहरी कार्यालय बा“के र रेडक्रस बा“केको संयुक्त आयोजनामा ट्राफिक सप्ताह सुरु गरिएको हो ।
प्रहरी र रेडक्रस मिलेर सर्वसाधारण नागरिकलाई ट्राफिक नियमवारे सचेत गराउने र सडक सुरक्षा कार्यक्रममा प्राथमिक उपचारवारे जानकारी गराउने उद्देश्यले सप्ताह मनाउन लागिएको नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय कार्यालय बा“केका संयोजक दोलख डा“गीले जानकारी दिएका छन् ।
यस सप्ताह अवधिभर ट्राफिक नियमबारे
जानकारी दिइने, नियमपालना गराउने, सम्झाइवुझाई गर्ने, विद्यालयहरुमा गएर विद्यार्थीहरुलाई सडक दुर्घटनावारे सचेत गराउने लगायतका कार्यक्रमहरु गरिने ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
‘रेडक्रस सबै ठाउ“मा, सबैका लागि’ भन्ने नाराका साथ आईतबार विश्व रेडक्रस दिवस मनाउन लागिएको हो । रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको जन्मदिन मे ८ को अवसर पारेर विश्वभर विभिन्न सेवामूलक कार्यक्रम गरी विश्व रेडक्रस दिवस मनाउने गरिन्छ ।
दिवसका अवसरमा नेपालगञ्जमा प्रभातफेरि निकालिएको छ । धम्बोझी चोकबाट निकालिएको प्रभातफेरि पुष्पलाल चोक पुगेको थियो । पुष्पलाल चोकबाट वसपार्क हुँदै, सेतुविक चोकबाट ¥याली धम्बोझीमा पुगेको थियो ।

प्रकाशित मितिः सोमवार, बैशाख २७, २०७३     12:07:26 PM  |