कोहलपुर, बैशाख २०
वनकट्वा ४ संगमचोकमा पिङ्ग चुड्दा एक बालिकाको ज्यान गएको छ । शनिबार बेलुकी करिब ५ बजे घर नजिकको भैसीगोठमा पिङ्ग खेल्दै गर्दा पिङ्गको एकातर्फको डोरी चुँडिएपछि ८ वर्षिया बालिका सुमन सुवेदीको ज्यान गएको कोहलपुर प्रहरीले जनाएको छ ।
मृतक सुमनको कोहलपुर मेडिकल कलेजमा उपचार हुन नपाई चिकित्सकले मृत घोषित गरेका थिए । शवको पोष्टमार्टम गरी दाहसंस्कार समेत गरिसकिएको पारिवारिक स्रोतले जनाएको छ ।
मृतक बालिका जिल्ला सहकारी संघ बाँके अध्यक्ष प्रेम सुवेदीकी छोरी हुन् । उनी भेरी फ्युचर स्टार इ.मी. स्कुलमा २ कक्षामा अध्ययनरत थिइन् ।
प्रकाशित मिति : २०७३ वैशाख २० गते सोमबार
प्रतिक्रिया दिनुहोस्