गर्मीले तराइको जनजीवन अस्तव्यस्त



कोहलपुर, बैशाख १९
पूर्वी र पश्चिम क्षेत्रमा केही मौसमी दली भएको छ । आज मौसम बदली भई केही ठाउँमा पानी पर्न सक्ने मौसम विज्ञान विभागले जनाएको छ । केही दिन यता बढेको गर्मीले मध्य तथा सुदूरपश्चिम र तराइका जिल्लाहरुको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । नेपालगंज, दिपायल, भैरहवा, धनगढी, सुर्खेतलगायत ठाउँमा गर्मीका कारण सुनसान हुने गरेको छ । हिजो सबैभन्दा बढी गर्मी धनगढीमा थियो ।
गर्मीका कारण अस्पतालमा बिरामीहरुको पनि भीड बढेको छ । जलतथा मौसम विज्ञान विभागले काठमाण्डु उपत्यकालगायत देशभर अझै तापक्रम बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । गर्मीको समयमा दिउँसो सकेसम्म घाममा ननिस्किने, निस्कनु परे छाता ओढ्ने, तरल पदार्थ बढी खाने, बासी तथा सडेगलेको कुरा नखान तथा गर्मी भयो भनेर पटक पटक नुहाउँदा पनि छालाको संक्रमण हुने भएकाले यसतर्फ सजग हुन चिकित्सकहरुले सुझाव दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख १९ गते आइतबार