काहेलपुर, बैशाख १९
बाँकेको खास्कुस्मा ४ सौरीमा शनिबार गुडिरहेको बसमा आगलागि भएको छ । नेपालगन्जबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ६९५ नम्बरको बसमा बिहान ११ बजे आगलागि भएको हो ।
बसको छतमा सामान लोड गरिएको र सोही सामानबाट अचानक आगो सल्किएको इलाका प्रहरी कार्यालय कुसुमका इन्चार्ज सई सुरेन्द्र बुढाथोकीले जानकारी दिए ।
‘छतमा सामान लोड गरिएको रहेछ, त्यहाँ भएको लाइटर वा सलाइबाट आगलागी भएको हुन सक्ने अनुमान गरेका छौं’ उनले
भने ।
तर, आगलागी के कति कारणले भयो खास कारण भने खुल्न सकेको छैन ।
आगलागिबाट छतमा लोड गरिएका ९ वटा पूराना साइकल र अन्य सामान जलेको प्रहरीले जनाएको छ । गुडिरहेको बसमा अचानक आगो लागेपछि यात्रु त्रसित भएका थिए । चालकले समयमै बस रोकेका कारण यात्रुहरु भने सकुशल छन् ।
आगलागी नियन्त्रणमा आइसकेपछि गाडीलाई पठाइएको बुढाथोकीले जानकारी दिए ।
बाँकेमा गर्मीयामसँगै आगलागीका घटनामा पनि वृद्धि भएका छन् ।
प्रकाशित मिति : २०७३ वैशाख १९ गते आइतबार
प्रतिक्रिया दिनुहोस्