एकता महिला संचार समूह गठन



कोहलपुर, बैशाख १८
स्थानिय निकायमा ४० प्रतिशत महिला सहभागीता संविधानमा ग्यारेन्टी गरेको सवाललाइ कार्यान्वयत गराउने उद्देश्यले ११वटा वडामा एकता महिला संचार समुह गठन भएको छ ।
महिला संचार समूह बाँकेको आयोजनामा संचालित बैठकले राजनीतिमा महिला सहभागीता बढाउने उदेश्यले ११ वडामा समुह गठन गरेको हो । जसमा वडा नं.२ मा निलम ज्ञवाली, ३ मा सरस्वती रस्तोगी, १३ को संयोजक गोमा रेग्मी, वडा नं. १६ को संयोजक मनमाया जैयसवाल,वेलहरी गाविसको संयोजक तारा सुनार, वडा नं. २४को संयोजक कौशिला जैसी, वडा नं. ७ परस्परको संयोजक साकरा वेगम दर्जी, मटेहिया गाविसको संयोजक पुजा थापा मगर, टिटिहिरिया गाविसको संयोजक बसन्ती थारु, वडा नं.१७ को संयोजक उषा श्रेष्ठ वडा नं.५को संयोजक दुर्गा अधिकारी रहेका छन् ।
अन्य बाँकी वडाहरुमा क्रमश वडास्तरीय समुह निर्माण गर्दै जाने र प्रत्येक वडा, वडाका महिलाहरुलाइ नेतृत्व विकास तालिम संचालन गर्ने, महिलाको नेतृत्वमा पहुँच बढाउने, महिलालाइ उद्घोषणकलाको विकास गर्ने स्थानिय निकायको चुनावलाइ मध्यनजर गर्दै प्रत्यक वडामा २ जना महिला चुनावमा उठाउने संविधानको व्यवस्थालाइ कार्यन्वय गर्न पहल पु¥याउने, वडावडाका महिलालाइ समेट्ने, नेतृत्वमा आउन पे्ररित गर्ने,जस्ता उदेश्यले वडा वडामा वडा स्तरीय समुह गठन गरीएको महिला संचार समुह बाँकेका अध्यक्ष अछरी पोखरेलले जानकारी दिईन् ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख १८ गते शनिबार