22 September 2023  |   शुक्रबार, अशोज ५, २०८०

मदन भण्डारी फाउण्डेशनको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख १५, २०७३  

कोहलपुर, बैशाख १५
अव्यवस्थित बसोबासको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्नुपर्ने माग राख्दै मदन भण्डारी फाउण्डेशन बाँकेले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्रमार्फत अव्यवस्थित बसोबासको समस्या विकराल हुँदै गएकाले आगामी आ.व. २०७३÷०७४ को नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरी दीर्घकालिन रुपमा समााधान गर्नुपर्ने माग गरिएको छ । फाउण्डेशन बाँकेका अध्यक्ष सूर्य ढकालले ज्ञापनपत्र बुझाउँदै मदन भण्डारी फाउण्डेशन बाँकेका अध्यक्ष सुर्य ढकालले बाँके जिल्लामा पनि हजारौं घर परिवार अव्यवस्थित वसोवासमा रहेकाले त्यसको समयमै सम्वोधन नगरिए समस्या झन् जटिल बन्दै जाने बताए । ज्ञापनपत्र मंगलबार नै प्रधानमन्त्री कार्यालय पठाइएको प्रमुख जिल्ला अधिकारी पन्थले जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, बैशाख १५, २०७३     9:07:45 AM  |