भारतको उडिसामा भीषण आगलागी, ९० घर जले



काठमाडौं, बैशाख १४ । भारतको उडिसामा भएको आगलागीमा ९० घर जलेर नष्ट भएका छन् । उडिसाको ढेंकनाल जिल्लास्थित हरचुआन गाउँमा मात्रै ५० घर पुरै जलेर नष्ट भएका छन् ।

यसैगरी सुवर्णपुर जिल्लाको रंगारपुर गाउँका भएको आगलागीमा ४० घर जलेका छन् ।

वारुण यन्त्र, प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् ।

गाउँ नजिकको जंगलमासमेत आगो फैलिएकाले नियन्त्रणमा लिन निकै मुस्किल परेको थियो ।

यसैबीच उडिसा सरकारले आगलागी प्रभावितहरुलाई राहत वितरण गरेको छ । अत्यधिक गर्मी बढेसँगै तातो हावासमेत चलेकाले उडिसाका विद्यालय आगामी जुन १५ सम्मका लागि बन्द गरिएका छन् । (एजेन्सी)

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख १४ गते मंगलबार