सचेतना मूलक दुई दिने तालिम सुरु



राम बहादुर रावत

कोहलपुर बैशाख ६
बाँकेको कोहलपुरमा द्वन्द पिडित परिवारका लागि मानव बेचविखन सुरक्षित बैदेशिक रोजगार र लैङ्गगिक हिंसा विरुद्धको सचेतना मूलक दुई दिने तालिम सुरु भएको छ ।
समाज सुधार कार्यक्रम नेपालले आयोजना गरेको दुई दिने तालिमको उद्घाटन गर्दै सांसद अञ्जना चौधरीले विगत भएको १० वर्षे युद्धबाट जनतामा डर त्रसको भावना अहिले पनि यथावत नै रहेको भन्दै अब राजनीतिक क्रान्ति गर्नुको कुनै अर्थ नभएको बताईन् । ‘नेपालले नयाँ संविधान पाएको छ’ सांसद चौरधीले भनीन् ‘नेपाल अब शान्तिको मार्गमा जानु पर्छ ।’ त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिका सचिव भुम बहादुर भण्डारीले द्वन्द पिडित परिवारका लागि राज्यले नयाँ नीति अपनाउनु वर्तमान आवश्यक रहेको बताए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि, समाज सेवी लगायतको उपस्थिति रहेको थियो ।
दुई दिने सम्म संचालन हुने तालिममा करिब ५० जनाको सहभागिता रहेको छ । तालिममा विशेष गरी मानव बेचबिखन, ओसार पोसार र लैगिङ्ग हिंसा, महिला हिंसा तथा बालबालिका बेचबिखन लगायतका विषयमा प्रशिक्षण दिईने समाज सुधार कार्यक्रम नेपालका अध्यक्ष बबरजंग शाहीले बताए ।
बेचबिखनमा पर्ने कारण विशेष गरी जनचेतनको कमि, पारीवारीक गरिबी, अवसरबाट बञ्चित, भारत सँगको खुल्ला सिमाना लगायतका कारणले गर्दा मानव बेचबिखन हुने गरेको कार्यक्रमका सहकर्ता शंकर न्यौपानेले बताए । पछिल्लो समयमा बेचबिखनमा पर्नेका संख्यामा द्वन्द पिडित परिवारनै बढि भएको तथ्याङ्कले जनाएको उनले बताए ।
समाज सुधार कार्यक्रम नेपालले हाल सम्म बाँके जिल्लाका द्वन्द पिडित परिवारका २२ वटा घर र २५ वटा धारा निर्माण गरेको छ भने विभिन्न चरणमा द्वन्द पिडित परिवारका सदस्यहरुलाई सीपमुलक तालिमहरु र कुकु तालिम पनि दिएको छ । सहकारी डिभिजन कार्यालय बाँकेसँग सहकार्य गरेर द्वन्द पिडित परिवारका शिक्षित युवा÷युवतिहरुलाई लेखा तथा व्यवस्थापक तालिम पनि सम्पन्न गरेको अध्यक्ष शाहीले बताए ।
हाल सम्म बाँकेमा द्वन्द पिडित घर परिवारको संख्या पाँच सय ८७ रहेको छ । बाँकेका द्वन्द पिडितहरुको पहिचान गरि समाज सुधार कार्यक्रम नेपालले पाँच वटा समूहहरु संचालनमा ल्याई द्वन्द पिडित परिवारबाट मासिक एक सय रुपैयाँको बचत गरिहेको छ । उक्त बचत गरिएको रकम द्वन्द पिडित परिवारका सदस्यहरुलाई अप्ठ्यारो परेको बेला प्रयोगमा ल्याइने गरेको अध्यक्ष बबरजंग शाही बताउँछन् ।
समाजिक कार्यमा सक्रिय रुपमा प्रस्तुत हुन नसेका द्वन्द पिडित परिवारलाई अग्रसर बनाउका लागि समाज सुधार कार्यक्रम नेपाल लागिपरेको उनले बताए । दुई दिन सम्म संचालन हुने तालिमको आज (मंगलबार) सम्पन्न हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख ६ गते सोमबार