कोहलपुर, बैशाख ६
कोहलपुर १२ चप्परगौडीमा दोस्रो मैत्रीपूर्ण जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु भएको
छ । यूवा एकता क्लब कोहलपुरको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन आइतबार बाँके क्षेत्र १ का सांसद देवराज भारले गरे । कार्यक्रममा बोल्दै उनले भने ‘देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि खेलले महत्वपूर्ण भूमिका खेलेको छ ।’ कोहलपुर क्षेत्रमा खेलकुदको भविष्य राम्रो भएको भन्दै खेलकुदको विकासका लागि आफु लागि परेको उनले बताए ।
त्यस्तै राम जानकी युवा क्लब कोहलपुर १२ र अरनिको युवा क्लक जी गाउँ बीच प्रतियोगिता सम्पन्न भएको छ ।
अरनीको युवा क्लब जी गाउँले रामजानकी युवा क्लबलाई ४–० ले विजय भएको छ । अरनिको यूवा क्लब जी गाउँबाट कमल थापाले दुई गोल, नविन बस्नेत र रोशन पुन ले एक एक गोल गरी जम्मा ४ गोल गरेका थिए । साथै राम जानकी यूवा क्लबले कुनै पनि गोल गर्न
सकेनन् । बाँके जिल्लाका करिब १३ वटा टिमहरुले सहभागिताले जनाएका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई पाँच हजार पुरस्कार रहेको छ । बैशाख ५ देखि १० सम्म प्रतियोगिता सञ्चालन गरिने छ । प्रतियोगिता ज्ञानज्योति उच्च मा.वि.को मैदानमा भइरहेको
छ । कार्यक्रममा आजिवन सदस्यहरुलाई प्रमाणपत्रहरु पनि वितरण गरिएको थियो ।
यूवा एकता क्लबका अध्यक्ष भुपेन्द्र बहादुर पुन मगरको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका
प्रतिनिधि, समाजसेवी खेलाडीहरुको उपस्थिति रहेको थियो ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७३