कोहलपुर, बैशाख ४
चर्को घाम र तातो हावाका कारण बाँकेको जनजीवन प्रभावित भएको छ ।
नेपालगञ्ज राँझास्थित मौसम कार्यालयका अनुसार, यस क्षेत्रको अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस बढी पुगेको छ । मौसम विज्ञका अनुसार अधिकतम् तापक्रम अझैं बढ्ने अनुमान छ ।
चर्को घाम र तातो हावासँगै बजारमा चहलपहल पनि पातलिएको छ । चिसो पेय पदार्थको बिक्री समेत बढेको छ । अहिले काँक्रा, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी लगायत चिसो पेय तथा
खाद्य वस्तुको व्यापार बढेको
छ ।
गर्मीका कारण घाउखटिरा, आउँमासी, टायफाइड ज्वरो, झाडापखाला लगायत सरुवा रोगका बिरामीको चाप पनि बढेको चिकित्सकहरुले बताएका छन् ।
प्रकाशित मिति : २०७३ वैशाख ४ गते शनिबार
प्रतिक्रिया दिनुहोस्