9 March 2021  |   मङ्लबार, फाल्गुन २५, २०७७

सफल हुनको लागी त्याग्नुहोस् यी पाँच बानी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र २१, २०७२  

crying lady -750सफलता प्राप्त गर्न सबैले चाहन्छन् । सफलताका लागि मेहनतका साथै केही अन्य कुराहरु जरुरी हुन्छन् । विशेष गरी मानसिक र शाररिक स्वास्थ्यलाई ख्याल पु¥याउनुपर्छ । मान्छे स्वस्थ रहन उसका बानी स्वस्थ हुनुपर्छ । स्वस्थ बानीले मात्रै सफलता दिलाउन सक्छन् ।

१.असफलता देखी डराउने
सफलता सधैँ हात लाग्दैन । असफलता त पाइलैपिच्छे भेटिन्छ । असफलता नै धेरै समय आफूसँग रहन्छ भने किन यो देखि डराउने । त्यसैले असफलतासँग डराएर दिमागमा यसलाई हावी हुन दिने होइन, सानो असफलता आइलाग्दा आफूले कुनै बेला प्राप्त गरेको सफलता सम्झिएर त्यसलाई पचाउने प्रयास गर्नुपर्छ ।

२. प्राथमिकताकाे क्रम 
हामीले जीवनमा ठूलो गल्ती यहीँनेर गर्छौं । आफ्नो तत्कालिन जरुरीलाई वास्ता गरिरहेका हुँदैनौँ । दिमागलाई आफ्नो सबैभन्दा जरुरी कुरालाई सूचिकृत गर्ने बानी बसाइएन भने यसले पनि कुन जरुरी र कुन जरुरी होइन भन्ने कुरा नोट गर्न छाड्छ । जस्तो आफूलाई कुनै काम गर्न मन लागेको छ भने साथीभाईले भोलि गर्दा हुन्छ भन्लान् । हामी मानिदिन्छौं । बिस्तारै यो बानी लाग्छ । यही बानी सफलताको बाधक हुन्छ । दिमाग अरुको अनुसार घुमाउने होइन, सञ्चालन गर्नुपर्छ ।

३. दुःख लाग्दा रुने
रुनुलाई कमजोरीका रुपमा लिइन्छ । भनिन्छ, कमलो मन छ । मनलाई कमलो नै रहन दिनुपर्छ । जब मन कठोर बनाउन थालिन्छ, त्यसपछि मन संवेदनशिल हुनै छाडिदिन्छ । दुःख लाग्छ, धरधरी रोए हुन्छ । खुशी लाग्छ, मन खोलेर हाँसिदिए हुन्छ । यीनै साना साना कुरामा सफलता अडिएको हुन्छ । तर, आफना् दुःख अरु समक्ष पोखेर रुने गर्नुहुँदैन । आफूलाई परेको दुःख बाँड्न जरुरी छ । तर, त्यसलाई फेस गर्ने हिम्मत पनि रहेको जानकारी अरुलाई दिनुपर्छ । त्यसो भयो भने मात्रै दुृःखमा साथ दिन्छन् र सफलता हासिल हुन्छ ।

४. आफ्ना इच्छा दवाउने
आफ्नो इच्छा मारेर अरुलाई खुशी राख्न खोज्ने परोपकारी हो । तर, सफलताका लागि सुरुमा स्वयंको उपकार जरुरी छ । त्यसैले आफ्ना इच्छा नमारीकन अरुको समेत उपकार गर्ने बानीको विकास गर्नुपर्छ । धेरैले यहीँनेर गल्ती गरिरहेका हुन्छन्, आफ्नो इच्छा मारेर अरुलाई खुशी पार्ने । यसले एक लेभलको सन्तुष्टि त दिन्छ तर अरुकै सन्तुष्टिमा खुशी हुने बानी पर्न थाल्यो भने आफू सन्तुष्ट हुने उपाय खोज्न सकिदैन । यसले सफलतामा भाँजो हाल्छ ।

५. प्रशंसाबाट जोगिऔँ
प्रशंसा असाध्यै महत्वपूर्ण कुरा हो । प्रशंसाले ऊर्जा प्रदान गर्छ । तर, उच्च सफलताका लागि प्रशंसा बाधक पनि बन्न सक्छ । किनकि जब आफ्नो कामको प्रशंसा मात्रै भइरहन्छ भने गल्ती महसुस कहिले गर्ने वा प्रशंसा त्यस्तो मान्छेले गरिरहेका हुन्छन्न, कि त ती केही फुत्काउन खोज्दैछन् वा उनीहरु गल्ती औंल्याइदिएर झन् बढी सफलता हासिल नगरोस् भन्ने चाहन्छन् । तपाईँको शुभचिन्तकले सदा गल्तीबाट तपाईँको प्रशंसा सुरु गर्छ । प्रशंसा गर्ने मान्छे हेरेर मात्रै आफूलाई त्यसका लागि लायक ठह¥याउनुपर्छ । प्रशंसाबाट ऊर्जा लिने गर्नुपर्छ तर आफैले भने आफ्नो निन्दा गर्नुपर्छ । आफू गजब छु भनेर पुलकित हुँदा सफलताको बाटो तय गर्न सकिदैन ।
स्रोतःस्वास्थ्य खबरपत्रिका

प्रकाशित मितिः आइतवार, चैत्र २१, २०७२     4:15:36 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *