कोलकातामा निर्माणाधीन आकाशेपुल भत्कियो, कम्तिमा १० जनाको मृत्यु



काठमाडौं, चैत १८ । भारतको कोलकातमा एक निमार्णाधीन आकाशेपुल (फ्लाइओभर) भत्कँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

कोलकाताको औद्योगिक क्षेत्रमा भएको दुर्घटनामा अरु दर्जनौं घाइते भएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

विगत ५ वर्षदेखि निर्माण भैरहेको सो पुल भत्किएर सडकमा गुडिरहेको गाडीमा खसेको प्रहरीले जनाएको छ ।

उक्तघटनामा केही मानिसहरु गाडीभित्र च्यापिएको जनाएको छ ।

अहिले त्यस क्षेत्रमा उद्धार सुरु गरिएको कोलकाता प्रहरीले जनाएको छ । (एजेन्सी)

  • No tags available
प्रकाशित मिति : २०७२ चैत १८ गते बिहीबार