27 November 2020  |   शुक्रबार, मंसिर १२, २०७७

सिरियाको पल्माइरा सहर आइएसबाट मुक्त

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र १४, २०७२  

काठमाडौं, चैत १४ । सिरियाली सरकारी सेनाले रुसी हवाई आक्रमणको मद्दतबाट ऐतिहाँसिक पल्माइरा शहर आसपासका अरु धेरै सहर आइएस नियन्त्रणबाट मुक्त गरेको छ ।

रुसी रक्षा मन्त्रालयले लडाकु विमानले पछिल्लो २४ घण्टामा ४० भन्दा बढी हवाई आक्रमण गरेको र यस क्रममा सयभन्दा बढी लडाकु मारेको जनाएको छ ।

आइएसले कब्जामा लिएका शहरलाई आफ्नो नियन्त्रणमा लिन सिरियाली सेनाले गरेको अहिलेसम्म कै ठूलो अभियान भएको बताइएको छ ।

पल्माइरा शहर विगत १० महिनादेखि आईएसको नियन्त्रणमा थियो । उसले त्यहां रहेका पुरात्तात्विक र ऐतिहासिक महत्वका सम्पदा ध्वस्त पारेको थियो ।

२ हजार बर्ष पुराना दुई वटा मन्दिर पनि आइएसले ध्वस्त पारेका थिए । सिरियाली सेना पल्माइरा पुग्नुअघि त्यस क्षेत्रका बासिन्दालाई अन्यन्त्र जान आईएसले चेतावनी दिएको थियो ।

सिरियामा गृहयुद्ध शुरु हुनु अघि १ लाख ५० हजारभन्दा बढी पर्यटक बार्षिक रुपमा पल्माइरा भ्रमणमा जाने गर्दथे । (एजेन्सी)

प्रकाशित मितिः आइतवार, चैत्र १४, २०७२     3:24:19 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *