कोहलपुुर, चैत्र ८
बाँके निकुञ्जको आयोजनामा आइतबार कार्यालय तथा लेखा व्यवस्थापन सम्बन्धी तालिम कोहलपुरमा सम्पन्न भएको छ । तालिममा ७ मध्यवर्तीका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष गरी २८ जनाको सहभागिता रहेको
थियो ।
कार्यालय व्यवस्थापन तथा लेखा सम्बन्धी ज्ञान दिने उद्देश्यका साथ तालिम संचालन गरिएको निकुञ्जको भनाई छ । कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगञ्जका कोष नियन्त्रक गणेश ज्ञवाली र निकुञ्जका लेखापाल राजेशकुमार रेग्मीले प्रशिक्षण दिएका
थिए ।
कार्यक्रममा बाँकेका निमित्त प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले निकुञ्जका ऐननियमका बारेमा जानकारी गराएका थिए । मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष सावित्रा पुनको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन निकुञ्जका कार्यक्रम संयोजक विनोद श्रेष्ठले गरेका थिए ।
प्रकाशित मिति : २०७२ चैत ८ गते सोमबार
प्रतिक्रिया दिनुहोस्