केशव राना
कोहलपुर, चैत्र १
कोहलपुर १२ सुन्दरवस्तीकी बाढीपीडित मालती बिक आजभोली दंग छिन्। कारण हो, बाढीले भत्काएको घरको पुनर्निर्माणमा योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) ले सघाउनु । ‘राज्यले अहिलेसम्म नहेरेपनि वाइसिएलका साथीहरुले पुनर्निर्माणमा सघाउनु भएको छ’ उनले भनिन् । बाढीले घर भत्काएको २ वर्ष पुग्न लाग्दा समेत राज्यले पुनर्निर्माणका लागि चासो नदिएको उनले गुनासो गरिन् ।गतवर्ष साउन अन्तिम साता आएको बाढीले उनको घरबास उठायो । उनी अहिलेसम्म पनि घरभाडामा बस्दै आएकी छन् । आर्थिक अवस्था कमजोर भएका कारण उनले घर पुनर्निर्माण गर्न सकेकी थिइनन् । कतिपय बाढीपीडितले ऋण खोजेरै घर बनाए । तर, उनको अवस्था भने घर बनाउन सक्ने नभएपछि हालसम्म २ छोराका साथमा घरभाडामा बस्दै आएकी छन् ।
अब उनको आफ्नै घरमा बस्ने सपना भने पूरा हुँदैछ । त्यो सपनालाई साकार बनाउन वाइसिएलले घर पुननिर्माणमा सहयोग गरिरहेको छ । ‘बाढीले घर बगाएको दुई वर्ष पुग्न लाग्दा समेत राज्यले नहेरेपछि हामी पुनर्निर्माणतर्फ आफै लागेका हौं’ घर पुनर्निमाणका लागि काम गर्दै गरेका वाइसिएल सदस्य निरज सिंहले भने । बाढीपीडितलाई सहयोग गर्न पाउँदा आफूलाई निकै सुखानुभूति भएको भन्दै खुशी व्यक्त गरे ।
सुन्दरवस्तीमा रहेका २१ बाढी प्रभावितको घर पुननिर्माणका लागि ३५ जना वाइसिएल खटाएको वाइसिल कोहलपुर नगरकमिटी अध्यक्ष आकाश कार्कीले बताए ।
नगरकमिटीले घर पुनर्निर्माणमा सहयोग गर्ने अभियान आइतबारबाट शुभारम्भ गरेको छ ।
वाइसिएलका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज रतन शाहीले वाइसिएलले रचनात्मक काम गरिरहेको बताउँदै अब बाँके जिल्लाभरीका बाढीपीडितको घर पुननिर्माणमा सहयोग पु¥याउने बताए । उनले राज्यका तर्फबाट कुनै पनि सहयोग नपाएका बाढीपीडितका घर पुननिर्माण गर्दै राज्यलाई झक्झक्याउने बताए । यस्तै वाईसिएल बाँके अध्यक्ष सुरज जागाले वाइसिएलले रचनात्मक कार्यका साथसाथै कालोबजारी, भ्रष्टाचारीका विरुद्ध संघर्ष गर्ने बताएका छन् ।
कार्यक्रममा एमाओवादी वडा अध्यक्ष निरक शाही, वाइसिएल नेता, कार्यकर्ता, स्थानीयको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सचिव तिर्थ शाहीले गरेका थिए ।
प्रकाशित मिति : २०७२ चैत १ गते सोमबार
प्रतिक्रिया दिनुहोस्